मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशत बढ्यो

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- गत आर्थिक वर्षमा लक्ष्मी सनराइज बैंकको खुद नाफा ३२.७९ प्रतिशतले बढेर ३ अर्ब ३ करोड ४५ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

triton college

अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब २८ करोड ५२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा बढेको हो ।

खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ८८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३५.९९ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड ४९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ छ ।

लक्ष्मी सनराइज बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९ पैसा छ । प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा छ । खराब कर्जा १.८१ प्रतिशत बिन्दुले बढेर ४.७२ प्रतिशत पुगेको छ ।

प्रकाशित: Aug 05, 2024| 15:11 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्