मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशत बढ्यो

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- कुमारी बैंकले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४५.६७ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । गत वर्ष यसले ९६ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यता, अघिल्लो वर्ष ८ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ ।
 

प्रकाशित: Aug 05, 2024| 15:11 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्