मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिद्धार्थ बैंकको यस्तो छ वित्तीय अवस्था

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको खुद नाफा सामान्य घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ४.७८ प्रतिशतले घटेर ३ अर्ब १ करोड ५५ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ ।

triton college

अघिल्लो वर्षको यसै अवधिमा यो बैंकले ३ अर्ब १६ करोड ६७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २.३३ प्रतिशतले घटेर ७ अर्ब ९९ करोड ३५ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब १८ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ६.१० प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ९१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा यो बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ भने वितरणयोग्य नाफा ६६ करोड ३६ लाख १० हजार रुपैयाँ छ ।

 

Metro Mart
vianet

प्रकाशित: Aug 05, 2024| 15:10 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्