मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एभरेष्ट बैंकको नाफा ३ अर्ब ७० करोड

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

triton college

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि थोरै बढेको छ । ७ अर्ब ४१ करोड रहेको उक्त आम्दानी ३.३५ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ ।

 

Metro Mart
vianet

प्रकाशित: Aug 05, 2024| 15:09 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्