शनिबार, जेठ १६, २०८३

हिमालयन बैंकको नाफा ८१ प्रतिशत बढ्यो

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१
National life
Shivam cement

काठमाडौं- हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.६० प्रतिशत धेरै हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो। साथै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। ९ अर्ब ९२ करोड रहेको उक्त आम्दानी १७.१२ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा पनि ६७.४३ प्रतिशतले बढेको छ। बैंकको इम्पेयमेन्ट चार्ज ४२.७६ प्रतिशत घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ।

चक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको हिमालयन बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ। यसको वितरणयोग्य नाफा भने ऋणात्मक छ। बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १७६.९० रुपैयाँ छ। एनपीएल ४.९१ प्रतिशत कायम भएको छ।

प्रकाशित: Aug 05, 2024| 15:01 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्