बिहीबार, पुस ३, २०८२

प्रभु बैंकको नाफा ह्वात्तै बढ्यो

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- गत आर्थिक वर्ष २०८०-८१ मा प्रभु बैंकले उल्लेख्य नाफा वृद्धि गरेको छ।

National life

अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ नाफा कमाएको यो बैंकले पछिल्लो वर्ष एकैपटक ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो। यो वृद्धि १४९९.०४ प्रतिशत हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ। बैंकको सञ्चालन नाफा पनि ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको छ। गत वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो।

हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ। रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ। बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रकाशित: Aug 05, 2024| 14:55 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्