सोमबार, भदौ २४, २०८१

कुन बैंकले कति बाँड्न सक्छन् बोनस ?

 |  सोमबार, साउन २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८०-८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने नियामकीय व्यवस्थाअनुसार बैंकहरूले विवरण सार्वजनिक गरेका हुन्।

triton college

देशभर २० वटा वाणिज्य बैंक रहेकोमा १९ वटा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन्। २० मध्ये १० वटा बैंकले नाफा कमाउँदा १० वटाको भने घटेको छ।
वित्तीय विवरणअनुसार १५ वटा बैंकको लाभांश क्षमता सकारात्मक देखिएको छ। यसमा पनि ६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ। चार वटाको भने लाभांश क्षमता छैन।

लाभांश क्षमता ऋणात्मक हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंक छन्। यी बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिएको छ। एनआइशी एशियाको त नाफामा समेत भारी गिरावट आएको छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउन अन्त्यसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ। बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिष्कृत भएकाले केन्द्रीय बैंकलाई बुझाउने परिष्कृत वित्तीय विवरणमा ५ प्रतिशतसम्म केही सूचक बढ्न सक्ने अवस्था हुन्छ।

एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ। यो बैंकले आफ्ना सेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ। एभरेष्टको अघिल्लो वर्ष योभन्दा धेरै लाभांश क्षमता थियो। आर्थिक वर्ष २०७९-८० मा बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ३८.४२ प्रतिशत थियो।  यस बैंकले २०.५३ प्रतिशत लाभांश आफ्ना सेयरधनीलाई बाँडेको थियो।

Metro Mart
vianet

दोस्रो बढी लाभांश क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ। यो बैंकको २६.५० प्रतिशत लाभांश क्षमता छ। अघिल्लो वर्ष (२०७९-८०) मा २८.७५ प्रतिशत लाभांश क्षमता हुँदा यस बैंकले १९ प्रतिशत नगद लाभांश दिएको थियो।

तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७.३७ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत हुँदा लगानीकर्तालाई कुनै पनि लाभांश वितरण गरेको थिएन।

सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४.२६ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ११.७८ प्रतिशत हुँदा ११ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीलाई बाँडेको थियो।

नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश बाढ्ने क्षमता देखिएको छ। अघिल्लो वर्ष १०.५८ प्रतिशत लाभांश बाढ्ने क्षमता हुँदा १०.५५ प्रतिशत लाभांश बाँडेको थियो।

सानिमा बैंकको १०.४० प्रतिशत लाभांश क्षमता छ। अघिल्लो वर्ष उसले १७.७८ प्रतिशत लाभांश दिने क्षमता हुँदा १४.७० प्रतिशत लाभांश दिएको थियो।

अहिले लाभांश क्षमता नकारात्मक भएका हिमालयन बैंक, कुमारी बैंकले अघिल्लो वर्ष पनि लाभांश दिएका थिएनन्। एनआईसी एशिया बैंकले भने ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको थियो।

 

प्रकाशित: Aug 05, 2024| 14:28 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्