बिहीबार, पुस १७, २०८२

पहिरोले नारायणगढ-मुग्लिन सडक बन्द, खुलाउने प्रयास जारी

 |  बुधबार, असोज १, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १, २०८२

National life

चितवन- चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द भएको छ।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो।

मंगलबार राति ८ः५० बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको हो।

Laxmi sunrise bank

अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ। प्रहरी निरीक्षक सिंहले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने जानकारी दिए।

यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ।

नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ।

अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। पहिरोलाई अहिले हटाउने काम भइरहेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

प्रकाशित: Sep 17, 2025| 08:23 बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्