काठमाडौं- रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१९ का लागि कोरियाले नेपालबाट १० हजारभन्दा बढी कामदारको कोटा पाउने भएको छ।
इपीएस कोरिया शाखा ग्वार्कोले जनाएअनुसार यो वर्ष कोरिया कामदारको लागि दश हजार बढी कोटा आउने अनुमान गरिएको हो। कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले रोजगारीको कोटा पाउन लागेको हो।
शाखाका अनुसार कामदार छनौटका लागि फागुनमा भाषा परीक्षा आवेदन खुल्नेछ। परिक्षा जेठको अन्तिम असारको शुरुमा हुनेछ। असोजपछि धमाधम भाषा परिक्षा उतिर्ण भएका उत्पादनमुलक र कृषि क्षेत्रको कामदार कोरियमा लान शुरु गरिनेछ।
कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति विगतदेखि नै सकारात्मक देखिदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४