शनिबार, जेठ १६, २०८३

सिमेन्ट उत्पादक संघमा नयाँ कार्यसमिति

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू निर्वाचित भएका छन् । संघको २०औँ वार्षिक साधारणसभाले अध्यक्षमा मारूसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। 

National life

काठमाडौंमा आयोजित साधारणसभाले उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्ष अरुणकुमार कर्णलाई निर्वाचित गरेको हो।

निर्वाचित हुने सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाब्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दीकेशर पौडेल, केशवप्रसाद उप्रेती, ह्वाङ सी जंग, अनिल रुंगटा र राजनकुमार झा (आमन्त्रित सदस्य) रहेका छन्।

संघको निवर्तमान अध्यक्ष ध्रुव थापा रहेका छन् । त्यस्तै, संघको सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल रहेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यको कार्यकाल तीन वर्षको रहेको छ।  

नवनिर्वाचित अध्यक्ष मारूले आगामी दिनहरूमा सम्पूर्ण सिमेन्ट उद्योगीलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुंगा उत्खनन, वन, विद्युत्, बैंकिङ, श्रम तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने बताए।
 

Shivam cement

प्रकाशित: Aug 05, 2024| 10:49 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्