शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई फेस्टिभ डिलाइट अफर: इन्द्रप्रसाद गुरागाईं बने विजेता

हुन्डाई फेस्टिभ डिलाइट अफर: इन्द्रप्रसाद गुरागाईं बने विजेता

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं–तिहारको अवसरमा सञ्चालन गरेको अफरको विजेता घोषणा गरेको छ।

National life

उक्त अफर अन्तर्गत सुनसरीका इन्द्रप्रसाद गुरागाईंले हुन्डाई एक्सटर जितेका छन्। असार ३१ गते लक्की ड्र मार्फत उनलाई विजेता घोषणा गरिएको कम्पनीले बताएको छ।

उनले विर्तामोडमा रहेको अलायन्स मोटर्स प्रालिबाट हुन्डाई गाडी खरिद गरेका थिए। कम्पनीले दसैं–तिहार जस्ता चाडपर्वको अवसरमा 'हुन्डाई फेस्टिभ डिलाइट–२०८०' योजना सञ्चालन गरेको थियो।

नयाँ हुन्डाई गाडी खरिद गर्ने ग्राहकका लागि ६ लाख रूपैयाँसम्मको नगद छुट एवम् एक वर्षसम्मको बीमा र सडक कर निःशुल्क उपलब्ध गराउने योजना समावेश थियो।
 

प्रकाशित: Aug 05, 2024| 10:44 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्