मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • अमेरिकामा नेपथ्यको सांगीतिक यात्रा सुरु, कोलोराडोमा झुमे संगीतप्रेमी

अमेरिकामा नेपथ्यको सांगीतिक यात्रा सुरु, कोलोराडोमा झुमे संगीतप्रेमी

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- नेपथ्यको अमेरिकी साङ्गीतिक यात्रा सुरु भएको छ। अमेरिकाको कोलोराडोबाट नेपथ्यले आफ्नो साङ्गीतिक यात्रा सुरु गरेको हो।

National life

कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एकसय वर्ष पुरानो ‘बोल्डर थिएटर’ नेपथ्यले दुई घण्टा लामो कन्सर्ट आइतवार सम्पन्न गरेको छ।

अमेरिकाका सातवटा सहरहरूमा श्रृङ्खलावद्ध कन्सर्ट प्रस्तुत गर्ने उदेश्यसहित साङ्गीतिक यात्रामा निस्केको नेपाली लोक रक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुती कोलोराडोमा भव्य रुपमा सम्पन्न भएको हो।

पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो। त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दिएको थियो।

चालिस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको ब्याण्डका अमृत गुरुङले बताए।

Laxmi sunrise bank
kumari

नेपथ्यका सर्वकालीक हिट गीतहरु समेटिएको कन्सर्टमा ब्याण्डको स्थापनाकालीन ‘आँगनैभरि’ देखि लिएर भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  सम्म अटाएको थियो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अमेरिका यात्राको प्रथम कन्सर्ट भब्य रुपमा सम्पन्न भएसँगै अबको दोस्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ।

त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ।
 

प्रकाशित: Aug 05, 2024| 10:43 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्