सोमबार, साउन ११, २०८३

जुत्ता-चप्पलको राष्ट्रिय प्रदर्शनी  पुस १३ बाट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । 

‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार उक्त प्रदर्शनीमा १४० कक्ष रहने छ । “मेलाको मुख्य उद्देश्य स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी दिनु रहेको छ,” मेलाका संयोजक नवराज गौतमले भन्नुभयो । मेलामा विशेषगरी छालाको जुत्ता, चप्पल, स्पोर्टस् जुत्ता, स्कूल र कलेजका जुत्ता तथा विभिन्न खानाका परिकारको कक्ष रहने छ । 

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ नाराका साथ हुन लागेको सो मेलाको करीब दुई लाख व्यक्तिले अवलोकन गर्ने बताइएको छ । मेलामा सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।