काठमाडौं- नेकपा एमालेका नेता भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्ली पुगेका छन्। एमाले सचिवसमेत रहेका नेता आचार्य र स्थायी समिति सदस्य पाण्डे शनिबार दिल्ली पुगेका हुन्।
दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले बोलाएपछि उनीहरू त्यहाँ पुगेको एमाले स्रोतले बताएको छ। उनीहरू दुवै जना एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्।
एमाले विवाद मिलाउन सक्रिय रहेका दुवै नेता अचानक दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।