काठमाडौं- सरकारले पूर्व ऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको छ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो।
उनीहरुको जवाफ चितबुझ्दो नभएको भन्दै हटाएर कार्की र गुरुङलाई सञ्चालक समिति सदस्य बनाइएको हो। कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ पूर्वाधार क्षेत्रका जानकार हुन्। उनले पञ्चेश्वर जलविद्युत आयोजनामा काम गरेका थिए।