प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आइजिपी खनालले हतारमा नतिजा खोज्दा अनुसन्धानमा कमजोरी भएको स्वीकार गरे। उनले भने, 'हतारमा नतिजा खोज्दा गलत अभ्यास भयो।'
क्रिश्चियनहरुको पर्व 'क्रिसमस डे' को तयारी धुमधामका साथ भइरहेको छ। क्रिसमसको अवसरमा काठमाडौंलगायत देशका मुख्य सहरमा व्यापारिक मल पनि झकिझकाउ पारिएका छन्। इसाई धर्मावलम्बीले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको अवसर यो पर्व प्रत्यक वर्ष डिसेम्बर २५ मा मनाउने गर्छन्। सन् ३३६ देखि क्रिसमस डे मनाउन थालिएको हो।
नेपाली कांग्रेसको महासमिति बैठक तन्किँदै तन्किँदै आइतबार शेरबहादुर देउवाको 'लभ नोट' मा टुंगिएको छ । १३ औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति बनेपछि उनका पालाको यो पहिलो महासमिति हो । पार्टीको विधान संशोधन प्रस्ताव लामो रस्साकसीबीच 'सर्वसम्मति' ले पारित भएको छ।
पाँच महिनापछि बसेको नेकपा स्थायी समिति बैठक नौ दिन चलेपछि आइतबार अचानक स्थगित भयो। बिहान दुई घन्टा चलेर साँझ ४ बजेका लागि तय भएको बैठक तीन दिनपछि सारियो। बैठक बुधबार ११ बजेका लागि तय भएको छ। अब निर्धारित समयमा बैठक हुने हो कि नहुने हो भन्ने आशंका बढेको छ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बहुप्रतिक्षीत मेलम्ची आयोजना समयमै सम्पन्न नहोस् भनेर केही शक्तिले चलखेल गरिरहेको दाबी गरेकी छन्। वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले सरकारले मेलम्चीको सफलता चुम्न लागिरहेका बेला अन्य पक्षले फाइदा लिएर अवरोध गर्न खोजेको आरोप लगाएकी हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन्। सोमबार बुढानीलकन्ठस्थित निजि निवासमा आयोजित चियापान कार्सयक्रममा सभापति देउवाले एकताको सन्देश बोकेर गाउँ-गाउँमा गएर संगठन विस्तार गर्न निर्देशन दिएका हुन्।
कालिकोटमा भएको भीषण आगलागीमा परि ४७ घर जलेर नष्ट भएका छन्। आगलागीबाट पलाता गाउँपालिका वडा नं. १ को खाडा गाउँस्थित न्यौपानेबस्ती पुरै जलेर नस्ट भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार आगलागीबाट ८७ घरमा क्षति पुगेको छ।
प्रदेश १ को सबैभन्दा ठूलो र एक्लो हब एयरपोर्ट विराटनगर विमानस्थल बनेको ५० वर्ष भए पनि अझै ह्यांगर बनेको छैन। धावनमार्ग र टर्मिनलभन्दा पर जहाज मर्मतसम्भारदेखि लामो समयसम्म विमानस्थललाई सहज बनाउन ह्यांगर आवश्यक पर्ने जानकारहरु बताउँछन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १६ जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। गैरकानुनी ढंगले एक व्यक्तिको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको आरोपमा अख्तियारले उनीहरूसँग ६० करोड रुपैयाँ बिगो दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले कार्यालयले डाकेको बोर्ड बैठक बहिष्कार गरेका छन्। सोमबार तीनबजे उपमहानगरपालिका कार्यालयमा बोलाइएको बोर्ड बैठक अधिकांश वडाअध्यक्षहरुले बहिष्कार गरेका हुन्।
द्वन्द्वपीडितका समस्यमा सरकार गैरजिम्मेवार भएको भन्दै द्वन्द्वपीडित साझा चौतारीले ध्यानाकर्षण भएको जनाएको छ। सरकारको एकपक्षिय पहलमा समस्या समाधान हुन नसकेको उल्लेख गर्दै चौतारीले दिएको सुझाव कार्यन्यवनमा समेत गम्भीर नभएकोमा आपत्ति जनाएको छ।
बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि दाङको घोराही तनावग्रस्त बनेको छ। मृतकका आफन्तले बजार पूर्ण रूपमा बन्द गराएका छन् भने यातायात सेवा ठप्प छ। घोराही उपमहानगरपालिका १४ स्थित सहिद लखनपार्क नजिक लु२ख १६०२ नम्बरको बसले रा३प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का फुर्सेखालीका मेघराज पुनको मृत्यु भएको हो।
नेपाललाई भारतसहित तेस्रो मुलुकमा बिजुली बिक्री गर्न सहज हुने भएको छ। पछिल्लो समय भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गरेपछि नेपाललाई भारत हुँदै विभिन्न मुलुकमा बिजुली बिक्री गर्न सहज भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए।
तीन सिमेन्ट उद्योगका सिमेन्टको गुणस्तरमा समस्या देखापरेको छ। होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रूपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा) बाट उत्पादित ओपिसी सिमेन्टको गुणस्तरमा समस्या देखिएको हो। उत्पादन गुणस्तरीय नदेखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले ती उद्योगसँग स्पष्टीकरण सोधेको छ।
ऐश्वर्या राय बच्चन धीरुभाइ अम्बानी इन्टरनेसनल स्कुलको वार्षिक कार्यक्रममा देखा परिन्। यस कार्यक्रमलगत्तै उनी क्रिसमस सेलिब्रेसनमा व्यस्त भइन्। तर, यो पार्टी उनले स्पेसल बच्चाहरुका साथ मनाएकी छन्।
थारू भाषाको नाटक ‘करोट’ शुक्रबारदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। प्रणव आकाशको लेखन तथा निर्देशन रहेको नाटकले थारू समुदायको मध्यमस्तरीय परिवारमा लोभले निम्त्याएको कथावस्तु समेटिएको छ। थारू समुदायमा एउटा उखान छ, ‘सुन भेट्नु राम्रो होइन, सुनले कलह निम्त्याउँछ।’
नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगको आफ्नो दोस्रो खेलमा तीन विकेट लिएका छन्। सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका हुन्। मेलबर्न स्टार्सबाट बिग ब्यास खेली रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्धको खेलमा आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन्।
भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। अग्नी-चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार मुद्दामा सात वर्ष कैद सजाय सुनाइएको छ। अल अजिजिया स्टिल मिल्स भ्रष्टाचार प्रकरणमा भ्रष्टाचारविरोधी अदालत (नेसनल अकाउन्टाबिलिटी ब्युरो) ले उनलाई २५ लाख डलर जरिबानासहित सात वर्ष कैद सुनाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...