शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिक लक्ष्य पूरा गर्न अहिलेदेखि काम थाल्न अर्थमन्त्रीको निर्देशन

वार्षिक लक्ष्य पूरा गर्न अहिलेदेखि काम थाल्न अर्थमन्त्रीको निर्देशन

 |  शुक्रबार, साउन १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १८, २०८१

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन्। 

National life

अर्थ मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्नका लागि आ-आफ्नो जिम्मेवारीअनुसार परिणाम निकाल्न निर्देशन दिएका हुन्। 

उनले राष्ट्रिय महत्व र गौरवका आयोजना, प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ बजेट कार्यान्वयन कार्ययोजना तयार परेको छ।

अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि एक सय ७५ वटा ‘माइलस्टोन’ निर्धारण गरेको थियो जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् भने २८ वटाको काम सुरु हुन सकेन।  

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाय र विभाग प्रमुखले प्रगतिको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए। रासस

Shivam cement

प्रकाशित: Aug 02, 2024| 18:54 शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्