काठमाडौं- क्रिश्चियनहरुको पर्व 'क्रिसमस डे' को तयारी धुमधामका साथ भइरहेको छ। क्रिसमसको अवसरमा काठमाडौंलगायत देशका मुख्य सहरमा व्यापारिक मल पनि झकिझकाउ पारिएका छन्। इसाई धर्मावलम्बीले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको अवसर यो पर्व प्रत्यक वर्ष डिसेम्बर २५ मा मनाउने गर्छन्। सन् ३३६ देखि क्रिसमस डे मनाउन थालिएको हो।
इसापूर्व ३३६ मा बादशाह कन्स्ट्यान्टाइन जिसस क्राइस्टका चेला अर्थात् क्रिस्चियन भएपछि उनले क्रिस्चियन आस्थालाई रोम साम्राज्यको आधिकारिक धर्मका रुपमा घोषणा गरेसँगै यो पर्व मनाउन थालिएको हो। तर क्रिसमस मनाउन थालिएको यति लामो समय भइसक्दा समेत जिससको जन्ममिति भने हालसम्म यकिन छैन।
येसु जन्मिएको यकिन नभए पनि उनको समझनास्वरुप उनको सम्मानका लागि विश्वका इसाईहरुले डिसेम्बर २५ मा श्रद्धाका साथ खुसीयाली मनाउने गरेका छन्। क्रिसमसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजनासमेत गरिन्छ।
सोमबार साँझ काठमाडौंको क्लब डेजाभुमा कन्सर्ट आयोजना हुँदैछ। कन्सर्टमा भारतीय गायक गजेन्द्र वर्माले प्रस्तुती दिने कार्यक्रम छ। क्रिसमस पर्वमा‘क्रिसमस ट्री’ बनाउने बाइबल पढ्ने र प्रार्थना गरिन्छ। क्रिसमसको अर्को आकर्षण सान्टा क्लाज हो। रातो टोपी लगाएका, सेतो दाह्रीजुँगा भएका, ठूलो शरीर भएका साधुले उपहार र खुसी बाँड्नेछन् भन्ने जनविश्वास छ।
सान्टा क्लाजको प्रतीक्षामा धेरै केटाकेटी राति अबेरसम्म जाग्राम बस्छन्। कोही सान्टा क्लाजको भेषमा उपहार र कोसेली बाँड्दै हिँड्ने गर्छन्। आफन्तहरू जम्मा भई मिठोमसिनो खाने र नाचगान गर्ने चलन छ।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४