मंगलबार, भदौ २४, २०८२

सात महिनामा आए साढे ६ लाख पर्यटक

 |  बिहीबार, साउन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

vianetvianet

काठमाडौं- सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१.२२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्। 

Kumaribank

गत वर्षको सोही अवधिमा पाँच लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए। यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार १७६, मेमा ९० हजार २११ पर्यटक नेपाल आएका थिए। जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झन्डै १२ प्रतिशतले बढेको छ। गत वर्षको जुलाईको तुलनामा यस वर्षको सोही अवधिमा ११.९ प्रतिशतले विदेशी पर्यटक बढेका हुन्। 

यस वर्षको जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक आगमन भएकामा गत वर्षको सोही अवधिमा यो संख्या ७५ हजार ७२६ थियो। सन् २०२२ को जुलाईमा ४४ हजार ४६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा १९६ पर्यटक नेपाल आएका थिए। कोरोना महामारी शुरू हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९१६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो। 

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८६४, चीनबाट ६ हजार ८१९, बेलायतबाट तीन हजार ८०६ र बांग्लादेशबाट तीन हजार ४७० विदेशी पर्यटक नेपाल आएका छन्।

Metro Mart

प्रकाशित: Aug 01, 2024| 18:49 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्