मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • धनगढी उपमहानगरको आन्तरिक आयमा पाँच वर्षदेखि निरन्तर वृद्धि

धनगढी उपमहानगरको आन्तरिक आयमा पाँच वर्षदेखि निरन्तर वृद्धि

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

कैलाली- धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ। पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो।

National life

आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

उनका अनुसार उपमहानगरले आव २०७६/७७ मा १४ करोड ५४ लाख ७३ हजार आन्तरिक आम्दानी गरेकामा आव २०७७/७८ मा २० करोड ६० हजार, आव २०७८/७९ मा २२ करोड १८ लाख २९ हजार, आव २०७९/८० मा २७ करोड ९२ लाख १५ हजार र गत आवमा ३३ करोड १२ लाख ५२ हजार रूपैयाँ आम्दानी गरेको छ।

राजस्व शाखा प्रमुख ओझाले भने, 'हरेक वर्ष उपमहानगरको आन्तरिक आम्दानी बढ्दै गएको छ। करका दायरा बढ्दै जाँदा आन्तरिक आम्दानी बढ्दै गएको हो।'

उपमहानगरले गत आवमा सम्पत्ति करबाट तीन करोड ४४ लाख २९ हजार रूपैयाँ, भूमिकर एक करोड पाँच लाख ४५ हजार रूपैयाँ, बहालकर सात करोड ५५ लाख ८१ हजार रूपैयाँ, बहाल बिरौटीकर ४५ लाख १२ हजार रूपैयाँ, सवारीसाधन कर छ लाख ४० हजार रूपैयाँ र अन्य करबाट पाँच लाख ४९ हजार रूपैयाँ यथार्थ आम्दानी गरेको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

राजस्व शाखा प्रमुख ओझाका अनुसार सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार रूपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट ६७ हजार रूपैयाँ, अन्य सेवा शुल्कबाट ३८ लाख ७७ हजार रूपैयाँ, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार रूपैयाँ, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार रूपैयाँ, नक्सा पास दस्तुरबाट तीन करोड नौ लाख ६९ हजार रूपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ९२ लाख ७१ हजार रूपैयाँ यथार्थ आम्दानी भएको छ।

व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर चार लाख ८७ हजार, अन्य दस्तुरबाट नौ लाख ३६ हजार, प्रशासनिक दण्डजरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट तीन करोड ९८ लाख ५६ हजार, अन्य राजस्व सात करोड ९२ लाख ३४ हजार, बेरुजुबापत छ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट पाँच हजार र अन्यबाट नौ लाख १३ हजार रूपैयाँ यथार्थ आम्दानी भएको उनले जानकारी दिए। रासस

प्रकाशित: Aug 01, 2024| 20:01 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्