बुधबार, असार ११, २०८२

पाँच अंकले घट्यो नेप्से

 |  बिहीबार, साउन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

vianetvianet

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ। कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता सेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार सात मूल्यमा कारोबार भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छभने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

नेप्सेका अनुसार पाँच कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन्।

यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैंकको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित: Aug 01, 2024| 15:48 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्