सोमबार, साउन ११, २०८३

दुर्घटनामा एकको मृत्युपछि घोराहीमा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दाङ- बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि दाङको घोराही तनावग्रस्त बनेको छ। मृतकका आफन्तले बजार पूर्ण रूपमा बन्द गराएका छन् भने यातायात सेवा ठप्प छ।

घोराही उपमहानगरपालिका १४ स्थित सहिद लखनपार्क नजिक लु२ख १६०२ नम्बरको बसले रा३प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का फुर्सेखालीका मेघराज पुनको मृत्यु भएको हो। मृतकका आफन्तले ठक्कर दिने बसमा तोडफोड गरेका छन्।

बसका चालकलाई कडा कारबाही माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

मृतकका आफन्तले घोराही बजारमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। आक्रोशित भीडले केही पसलमा तोडफोडसमेत गरेको छ। यातायात सेवा ठप्प पारिएपछि अहिले यात्रु अलपत्र परेका छन्। स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रयोग गर्नुपरेको एसपी दुर्गा सिंहले जानकारी दिए । अहिले दुई पक्षबीच प्रहरीका कार्यालयमा वार्ता भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।