सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमुख मालपोत अधिकृतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा

प्रमुख मालपोत अधिकृतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १६ जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। गैरकानुनी ढंगले एक व्यक्तिको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको आरोपमा अख्तियारले उनीहरूसँग ६० करोड रुपैयाँ बिगो दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चन्दनकृष्ण कायस्थका नाममा रहेको काठमाडौं बूढानीलकण्ठ नगरपालिका (साविक विष्णु गाविस वडा नं.७) को कित्ता नं. ३२३, ३२५ र ३२९ को कुल २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी पास गरेको पुष्टि भएपछि त्यसमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिना, मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायब सुब्बाद्वय रञ्जनकुमार खरेल र जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्काविरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै चन्दनकृष्ण कायस्थ भनिने राजु थापा मगर, सानुभाइ भनिने सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल मोक्तान भन्ने भुपाल सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, अर्थ कवच बचत तथा ऋण सहकारी संस्था सुन्धारा काठमाडौंका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल र प्रबन्ध निर्देशक सुरेश कुमार थापा र सानिमा बैंक एकान्तकुना ललितपुरका ट्रेलर सनिश सापकोटाविरुद्ध मुद्दा दायर गरिएको छ।

मुद्दामा मालपोत कार्यालयका कर्मचारीबाहेक अन्य सबैसँग ६–६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।