सोमबार, साउन ११, २०८३

निर्मला काण्डमा कमजोरी भयो : आइजिपी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्‍कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आइजिपी खनालले हतारमा नतिजा खोज्‍दा अनुसन्धानमा कमजोरी भएको स्वीकार गरे। उनले भने, 'हतारमा नतिजा खोज्दा गलत अभ्‍यास भयो।'

कञ्‍चनपुर गत साउन ११ गते बलात्‍कारपछि हत्या गरिएको थियो। घटनाको अनुसन्धानमा लापरबाही गर्नेलाई कारबाही गरिनेसमेत बताए। उनले अहिले छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन काम भइरहेको बताए। उनले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं। आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं।’

आइजिपी खनालले हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको सम्पूर्ण विज्ञताको उच्चतम सदुपयोग गरिरहेको बताए। 

प्रहरी प्रमाणभन्दा पनि दोषी खोज्नेतिर अग्रसर भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। प्रहरीले अनुसन्धानकै क्रममा दिलीप सिंह विस्ट, विशाल चौधरी र प्रदिप रावललाई यातना दिएर दोष कबुल गर्न लगाएको बताइएको छ। उनीहरुको डिएनए परिक्षण गर्दा नमिलेपछि दिलिपसिंह बिस्ट र विशाल चौधरी रिहा भइसकेका छन् भने प्रदिप रावल अझै अपराध महाशाखाको हिरासतमा छन्।  

निर्मला हत्याको आज १५१ दिन भइसकेको छ। उनको हत्यारा पत्ता लगाउन माग गर्दै दिनहुँ देशभर प्रदर्शन भइरहेका छन्। 

शंकास्पद तीन सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरिएको छ। बढी शंका भएका २४ जनाको डिएनए परीक्षणसमेत भएको छ। जसमा तत्कालीन एसपी डिल्लीराज विष्टदेखि स्थानीय ब्यारेकका सैनिकसमेत छन्। प्राविधक अनुसन्धानको क्रममा हजारौँ व्यक्तिको कल डिटेल र एसएमएससमेत हेरिएको छ। 

कञ्‍चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र एक जना प्रहरी निरीक्षकलाई पदबाट हटाइसकेको छ। 

विशालका परिवारले दिए प्रहरीविरुद्ध उजुरी

यसअघि पक्राउ परेका विशाल चौधरीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। सोमबार विशालका बाबु वीर बहादुर चौधरीले कञ्चनपुर प्रहरीले यातना दिएको भन्दै छानबिन गरी आवश्यक काबारही गर्न सिफारिश गरी पाउँ भन्दै आयोगको क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दिएका हुन्। 

छोरालाई मानसिक तथा शारीरिक यातना दिएर अपराध स्वीकार्न लगाएर कञ्चनपुरमा भनेअनुसार काठमाडौंमा नभने मारिदिने धम्की दिएको निवेदनमा उल्लेख छ। १९ मंसिर भीमदत्त नगरपालिका-१८ घर नजिकैबाट पक्राउ परेका विशालको डिएनएन नमिलेपछि ७ पुसमा परिवारको जिम्मा लगाएको थियो।

विशालले रिहा भएलगत्तै आफूलाई आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटेको र मारिदिने धम्की दिंदै अपराध कबुल गर्न लगाएको बताएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।