सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : अर्थमन्त्री पौडेल

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : अर्थमन्त्री पौडेल

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताएका छन्।

National life

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा भएको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानून, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट गरे।

'घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, पालिका तहसम्म यसको विस्तार हुनु हो। रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई अझै विस्तार गर्न सरकार र नीति क्षेत्रबीच सहकार्य हुन आवश्यक छ', अर्थमन्त्री पौडेलले भने, 'सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यका साथ काम गरिरहेको छ।'

सरकारले सबै खालका उद्योग-व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्मरुपमा अध्ययन गरिहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी-व्यवसायीबाट प्राप्त रायसुझावलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग तथा तिनका लगानीकर्ता अहिले प्रताडित अवस्थामा रहेको उल्लेख गर्दै २०७२ सालको विनाशकारी ‘गोर्खा भूकम्प’ र त्यसपछिको कोरोना महामारीका कारण अधिकांश साना तथा घरेलु उद्योगको अवस्था दयानीय रहेकाले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरे। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2024| 17:04 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्