बुधबार, असार ११, २०८२

सुनको मूल्य १८ सय बढ्यो

 |  बुधबार, साउन १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

vianetvianet

काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 31, 2024| 12:08 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्