काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन्। सोमबार बुढानीलकन्ठस्थित निजि निवासमा आयोजित चियापान कार्सयक्रममा सभापति देउवाले एकताको सन्देश बोकेर गाउँ-गाउँमा गएर संगठन विस्तार गर्न निर्देशन दिएका हुन्।
उनले भने, 'विधान संशोधनले पार्टीलार्ई नयाँ रक्तसञ्चार गराएको छ। अब गाउँ-गाउँमा गएर संगठन विस्तार गर्न ध्यान दिनुहोस्।'
जिल्ला सभापतिले राखेका पुरा हुन बाँकी मागहरु आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला सभापतिले यसअघि समानुपातिकमा अवसर पाएका दोहोर्याएर अवसर दिन नहुने, केन्द्रीय नेतृत्व बुथबाटै आउनुपर्ने माग राखेका थिए।
जिल्ला संसदीय समितिलाई गाउँपालिकाको उम्मेदवार चयन गर्ने अधिकार माग गरेकोमा त्यो महासमितमार्फत पुरा भएको छ। सभापति देउवाले आगामी एक सातापछि पुन: केन्द्रीय कार्यसमिति बैठक बोलाइने बताएका हुन्।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको केन्द्रमा कुनै विवाद नभएको र जिल्लामा पनि कुनै तुष नराखी अघि बढ्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४