शनिबार, जेठ १६, २०८३

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१
National life
Shivam cement

कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ।
    
यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी रु ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजस्व सङ्कलन गरेको हो।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट रु एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु पाँच लाख ६३ हजार चार सय २५ सङ्कलन गरेको छ। 

कार्यालयको बेरुजु रु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। सो कार्यालयले अघिल्लो आव २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट रु ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व सङ्कलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो।

प्रकाशित: Jul 30, 2024| 20:41 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्