मंगलबार, असार १०, २०८२

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

 |  मंगलबार, साउन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

vianetvianet

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो।

कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ। उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन्।

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ। बैठकमा ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन्।

प्रकाशित: Jul 30, 2024| 17:53 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्