शनिबार, जेठ १६, २०८३

नबिलको ‘नबिल दिगो पाइला’ वाकाथन

 |  मंगलबार, साउन १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

काठमाडौं- नबिल बैंकले ‘नबिल दिगो पाइला’ वाकाथन सम्पन्न गरेको छ। दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले बैंकले देशव्यापी रूपमा वाकाथन गरेको हो।

National life

आफ्नो स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसर पारी बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत देशव्यापी रूपमा ऐक्यबद्धता जनाएकोे हो। सोही क्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको समेत पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न गरेको बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले जानकारी दिए।

बैंकको लेकसाइड शाखाबाट सुरु भएको वाकाथन वाराही मन्दिर गेट, फेवा फुट ट्र्याक हुँदै विभिन्न स्थानको परिक्रमापछि पुनः बैंकको शाखामा पुगेर समापन भएको थियो। कार्यक्रममा बैंकको पोखरास्थित कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

 

Shivam cement

प्रकाशित: Jul 30, 2024| 16:49 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्