सोमबार, साउन ११, २०८३

बिग ब्यासको दोस्रो खेलमा सन्दीपको ३ विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगको आफ्नो दोस्रो खेलमा तीन विकेट लिएका छन्। सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सविरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका हुन्।

मेलबर्न स्टार्सबाट बिग ब्यास खेली रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्धको खेलमा आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । उनले पहिलो ओभरमा नै होबर्टका एलेक्स डोलानलाई बोल्ड आउट गर्दै पेभेलियन फर्काएका हुन्। पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए। सन्दीपको टोली मेलबर्न ६ विकेटले पराजित भएको छ।

९ औं ओेभरमा सन्दीपले १ चौका सहित ७ रन खर्चिए,कुनै विकेट लिन सकेनन्। १४ औं ओभरको दोस्रो बलमा सन्दीपले कप्तान तथा विकेटकीपर मैथ्यू वेडलाई एडम जम्पाको हातबाट क्याच गराउदै ५२ रनमा पेभिलिएन फर्काए। सन्दीपले १६ औं ओभरको पहिलो बलमा बेन मैकडरमोटलाई एलि डब्लु आउट गरेका थिए । मेलवर्नका लागि सन्दीप बाहेक स्कट बोल्लानले १ विकेट लिए।

यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए। डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।