सोमबार, साउन ११, २०८३

‘करोट’ मा थारू संस्कृति (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – थारू भाषाको नाटक ‘करोट’ शुक्रबारदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। प्रणव आकाशको लेखन तथा निर्देशन रहेको नाटकले थारू समुदायको मध्यमस्तरीय परिवारमा लोभले निम्त्याएको कथावस्तु समेटिएको छ। 

थारू समुदायमा एउटा उखान छ, ‘सुन भेट्नु राम्रो होइन, सुनले कलह निम्त्याउँछ।’ निर्देशक प्रणव आकाशले पनि नाटकमा सुनले निम्त्याएको कलह देखाउन खोजेका छन्।

मानिसमा जब लोभ पलाउँछ, लोभले कुनै न कुनै दुर्घटना निम्त्याउँछ भन्ने सन्देश नाटकमार्फत दिन खोजिएको छ। ‘करोट’ को शाब्दिक अर्थ ‘कोल्टे फेर्नु’ हो। निर्देशक प्रणवका अनुसार ‘लोभले परिवारलाई कसरी विचलनतर्फ धकेलिदिन्छ भन्ने पाठ नाटकमा छ। उनले कथाको विषयवस्तु थारू भाषाका माध्यमबाट बनाइए पनि यो आमसमुदायको कथा भएको बताए।

दुई वर्षअघि सुशील चौधरीको लेखन तथा प्रणव आकाशकै निर्देशन रहेको ‘भुरभुरा रहर’ नाटक मञ्चन भएको थियो। राजधानीको नाटकघरमा थारू भाषामा मञ्चन भएको यो पहिलो नाटक थियो। ‘भुरभुरा रहर’ पछि दुई वषसम्म थारू भाषाको कुनै नाटक मञ्चन नभएपछि ‘करोट’ मञ्चन गर्न अग्रसर भएको उनले बताए। यसले थिएटरमा थारू समुदायका युवालाई आकर्षण गर्नुका साथै थारू भाषा, संस्कृतिलाई पनि प्रवद्र्धन गर्न सघाउ पुग्ने प्रणवको बुझाइ छ।

नाटकमा मुख्य भूमिका निर्वाह गरिरहेका इन्द्र चौधरीले थारू भाषाको नाटक गर्न पाउनु निकै गर्वको कुरा रहेको बताए। 

त्यस्तै सुनिता चौधरीले पनि राजधानीमा आफ्नो पहिचान झल्किने नाटक गर्न पाएकोमा खुसी व्यक्त गरिन्। बर्दियामा सडक नाटकमार्फत परिचय बनाएकी उनले मण्डला थिएटरको छात्रवृत्तिमा तीनमहिने अभिनय कक्षासमेत लिएकी छन्। यो नाटकले आफ्नो मात्र नभएर थारू भाषा, संस्कृति र पहिचानको सबालमा योगदान पुर्‍याउने उनको धारणा छ।

केही समयपछि दाङ, बाँके, बर्दिया र कैलालीसम्म नाटक मञ्चन गर्ने योजना छ। नाटक हरेक दिन साँझ ५ बजे सर्वनाम थिएटरमा मञ्चन हुन्छ। शनिबार भने १ बजे अतिरिक्त सो हुनेछ ।

नाटकमा इन्द्र चौधरी, सुनिता चौधरी, दीपक पछलदंगिया, शान्ति चौधरी, निरज चौधरी, भूमिका चौधरी र उर्मिला थारूको अभिनय छ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।