वीरगंज- पर्साको बगवानामा छुरा प्रहारबाट एक छात्रा गम्भीर घाइते भएकी छिन् । पर्सागढी नगरपालिका वडा १ मनवा निवासी छात्रा १६ वर्षिया सकुन्तला कुमारी घाइते भएकी हुन् ।
जनता उच्च माध्यमिक विद्यालय बढनियारमा ११ कक्षामा अध्ययनरत ती छात्रा सोमबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि स्थानीय किशोरले छुरा प्रहार गरेका हुन् । उनको तिघ्रा, कोखा र नाकमा छुरा लागेको छ ।
पर्सागढी नापा १ भटनी जयकिशोर चौधरीले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी छ। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै चौधरीले सकुन्तलालाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जयकिशोर चौधरीलाई मनवा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयका हिरासतमा पठाएको छ । प्रहरी नियन्त्रणमा रहेका किशोर विरुद्ध करवाहीको माग गर्दै स्थानीय महिलाले प्रहरी चौकी अगाडि प्रदर्शन गरेका थिए । घाइते छात्राको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४