सोमबार, साउन ११, २०८३

कालीकोटमा भिषण आगलागी, ४७ घर जले, ४ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कालिकोट- कालिकोटमा भएको भिषण आगलागीमा परि ४७ घर जलेर नष्ट भएका छन् । पलाता गाउँपालिका वडा नं. १ को खाडा गाउँस्थित न्यौपानेबस्ती सोमबार बिहान लागेको आगोमा परी ४ जना घाइते भएका छन् । 

घटनास्थलमै रहेकी तलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेले दिएको जानकारी अनुसार ६५ वर्षिय दिप न्यौपाने ६५ वर्षकै, लाल न्यौपाने, ५० वर्षिया औली न्यौपाने र ४२ वर्षिया चैती न्यौपाने घाइते भएका छन् । आगलागीमा पारी सयौं पशु चौपाएको मृत्यु भएको छ । 

नविन न्यौपानेको र मेगी न्यौपानेको घरको विचभागबाट सुरु भएको आगोले बस्तीनै सखाप पारेको छ । खरले छाएका घरहरु भएकारण क्षणभरमै बस्तीनै आगो सल्कीएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन ।

करिव साढे २ बजेतिरबाट सुरुभएको आगो भर्खरै नियन्त्रणमा लिएको छ । तर भौतिक क्षतिको भने एकिन विवरण भने आउने बाँकी रहेको छ । ‘आगो नियन्त्रणमा आयो तर क्षतिको विवरण संकलन गर्दैछौँ ।’ उपाध्यक्षले भनिन ‘घाइतेलाई उपचारका लागि बाहिर लैजाना समस्या भएको छ ।’

यस्तै घटनाका घाइतेलाई उपचार र उद्धारका लागि गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले पनि प्रदेश सरकारलाई गुहार गरिरहेको बताए । ‘म अहिले मन्त्रालयमै छु, राहत र उद्धारमा सहयोग गरिदिन मन्त्रीसँग कुरा गरेको छु ।’ अध्यक्ष वमले भने ‘उद्धारका लागि हेलि (हेलिकप्टर) मगाउने प्रयत्न भैरहेको छ ।’ यता घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । आगलागी भएको ठाउँ सदरमुकामदेखि करिब ३२ कोष टाढा पर्दछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।