सोमबार, साउन ११, २०८३

आजका अखबार : बिजुलीमा हट्यो भारतीय तगारो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले भारतले नेपालको विद्युत किन बेचमा सहज हुने गरि निर्देशिका परिमार्जन गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।  

नागरिक दैनिकले बिजुलीमा हट्यो भारतीय तगारो शीर्षकमा मुख्य समाचार छापेको छ भने कारोबार दैनिकले विद्युत व्यापार निर्देशिकामा भारत लचिलो शीर्षकमा खबर लेखेको छ । नेपालको बिजुली भारतमा निर्बाध शीर्षकमा अन्नपूर्णले प्रमुखताका साथ छापेको छ भने कान्तिपुरले विद्युत व्यापार सहज शीर्षकमा खबर लेखेको छ । 

आजका पत्रपपत्रिकामा उल्लेख भएअनुसार भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका संशोधन गरेसँगै नेपालबाट उत्पादन हुने बिजुली भारतलगायत अन्य देशमा निर्वाध रुपमा बेच्न सकिने भएको छ । यसअघि भारतले यसमा रोक लगाएको थियो । 

भारतको केन्द्रीय ऊर्जा मन्त्रालयले १८ डिसेम्बर २०१८ मा निर्देशिका परिमार्जन गर्दै छिमेकी मुलुकसँग विद्युत् खरिद गर्दा लगाइएका सर्तहरूलाई केही सहज बनाइएको छ । नयाँ निर्दे्शिकाले नेपालको विद्युत् क्षेत्रमा भारतबाहेक तेस्रो मुलुकको लगानीलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। संशोधित निर्दे्शिकामा भारतीय संस्था वा कम्पनीले सिधै छिमेकी मुलुकका सरकार वा सरकारी कम्पनीबाट सिधै वा भारतमा निर्यात गर्न स्वीकृत प्राप्त छिमेकी मुलुकका प्रर्बद्धकबाट विद्युत् खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। 

भारतको पुरानो निर्णय नेपालको विद्युत् व्यापार विकासमा बाधक थियो । भारतको पछिल्लो निर्णयपछि भने अब नेपालमा तेस्रो मुलुक वा कम्पनीको लगानी आउने सम्भावना बढेको छ। नेपालको आन्तरिक माग पनि बढेको र भारतसहित बिमस्टेक सदस्य मुलुकहरुमा बिजुली निर्यात गर्न सकिने भएका कारण लगानी आउने सम्भावना बढेको आजका पत्रपत्रिकाले लेखेका छन् । 

यो विषयबाहेक आजको कान्तिपुरले राष्ट्र बैंकका केहि उच्च अधिकारीले पोलिमर नोट छपाइ अघि नै घुस लिएको खुलासा गरेको छ । समाचारमा जनाइए अनुसार अख्तियारको प्रतिवेदनमा राष्ट्र बैंकका तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याले अष्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ ।

अन्नपूर्णले भने सरकारविरुद्ध खनियो कांग्रेस शीर्षकमा खबर लेखेको छ । सरकार एकदलीय निरंकुशताको बाटोमा अघि बढेको भन्दै सरकारविरुद्ध सदन र सडकमा कडा रुपमा प्रस्तुत हुने कांग्रेसको तयारी छ ।

नागरिक दैनिकले भने संकटमा केन्द्रीय कमान्ड फोर्स परिचालन शीर्षकमा खबर लेखेको छ भने गुणस्तरहीन दूध बेचे जेल शीर्षकमा विशेष खबर छापेको छ ।  अब गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना वा दुबै सजाय हुने भएको छ। 

आजको नयाँ पत्रिकाले भने प्रहरीका ८५० कार्यालय शौचालयबिहीन रहेको विषयलाई मुख्य समाचार बनाएको छ । प्रहरी चौकी शौचालयबिहीन हुँदा आइजीपीलाई सब दुई करोडको बुलेटप्रुफ नयाँ गाडी किन्न लागिएको नयाँ पत्रिकाले लेखेको  छ । यस्तै आइजीपी खनालका लागि प्रहरीका २० गाडी प्रयोग हुने गरेको पनि समाचारमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।