वीरगन्ज- वीरगंज महानगरपालिकाले एकैसाथ आठ बिधालयका प्रधानाध्यापकको सरुवा गरेको छ। शहर केन्द्रित र ठूलो बजेट भएको विधालयमा एक दशकदेखि कार्यरत प्रधानाध्यापकहरु संगठित रुपमा सरुवाको विरोधमा उत्रिएका छन्।
नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन,राष्ट्रिय लोकतान्त्रीक शिक्षक युनियन,अखिल नेपाल शिक्षक संगठन लगाएतकाले आन्दोलन समेत घोषणा गरेका छन्।
प्रधानाध्यापकको सरुवाले शैक्षिक माहोल बिग्रीएको र नगर क्षेत्रको संस्थागत विधालयलाई फाईदा पुग्ने ठहर गर्दै शिक्षक संगठनले पुष ९ र १० गते महानगर भित्रका सामुदायिक विधालय बन्द गर्ने घोषणा गरेका छन्।
महानगरपालिकाका अनुसार सुखचैना माविका प्रअ दिनेश चौरसियालाई रेलवे मावि, नृसिंह माविका प्रअ हरेन्द्र कुर्मी त्रिजुद्ध मावि, कोन्हीया माविका प्रअ मो. मुर्तुजा अंसारीलाई माईस्थान विधापीठ, रात्री माविका प्रअ प्रअ पुरुषोतम मिश्रलाई सोलखपुर मावि, सुर्जीदेवीका प्रअ अनिल कुमार वर्णवाललाई नृसिंह मावि, त्रिजुद्ध माविका प्रअ नविनकुमार मिश्रलाई सुर्जीदेवी मावि , माईस्थान विधापिठका प्रअ विनोद मेहतालाई सुखचैना मावि तथा रेलवे माविका प्रअ देवशरण यादवलाई कोन्हीया माविमा सरुवा गरिएको छ।
प्रधानाध्यापक विरुद्ध पछिल्ला दिनमा अख्तियार लगायतको नियामक निकायमा व्यापक मुद्दाहरु परेको र एउटा विधालयमामा लामो समयसम्म एउटै प्रधानाध्यापक कार्यरत हुँदा प्रशासनिक बेथिती बढदै गएकोले कसैलाई अपायक नपर्ने गरी सरुवा गरिएको सरावगीले बताए ।
महानगरद्वारा पाँच विधालय गाभिए
महानगर क्षेत्रभित्र संचालनमा रहेका न्यून विधार्थी संख्या र कमजोर भौतिक पूर्वाधार भएका पाँचवटा सामुदायीक विधालयलाई ठूला विधालयमा गाभिएको छ। महानगरपालिकाको शिक्षा विकास तथा समन्वय इकाईले नगरमा विधालय गाभिएको जानकारी दिएको छ।
गाभिएपछि कानूनी अस्तित्वमा नरहेका विद्यालयको सम्पत्ति तथा भौतिक संरचना गाभ्ने विद्यालयलाई हस्तान्तरण गर्न पत्राचार गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए।
महानगरपालिकाले नेराप्रावि जेलरोडलाई सुन्दरमल कन्या माविमा, नेराप्रावि गहवालाई इन्दु लाखे निमाविमा, बहुअरी प्रावि मदर्सालाई सोही स्थानमा रहेका मदर्सामा, बाल संसार प्रावि छपकैयालाई ताराचन्द माविमा, राधेमाई प्राविलाई सिद्धार्थ माविमा गाभेको छ।
महानगरपालिकामा ९५ वटा मध्ये १९ वटा माध्यमिक तहका विद्यालय छन्। यी विद्यालयमा पठन पाठन गराउने ७ सय ५२ जना शिक्षक कार्यरत छन्। विद्यार्थीहरुको संख्या २० हजार १ सय ८५ जना रहेको महानगरपालिकाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४