नेपाली कांग्रेसको महासमिति बैठकको समापनमा शीर्ष नेताहरुले कम्युनिस्ट सरकारको निरंकुशताविरुद्ध लड्नका लागि तयार रहन आग्रह गरेका छन्। मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार समापन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको उल्लेख गर्दै यसविरुद्धको आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन्।
नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ। काठमाडौँमा जारी कांग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।
सधैं शान्त तरिकाले बस्दै आएको नेकपा स्थायी समितिको बैठक आइतबार अचानक तात्यो। बैठकमा अन्तिम वक्ता परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले बोलिसकेपछि बैठकको वातावरण तातेको हो। तात्ने विषय थियो, गत मंसिर १४ देखि १७ सम्म काठमाडौंमा भएको एसिया प्यासिफिक समिट।
कांग्रेस महासमिति बैठकले मूलतः चार कुरा ‘मिस’ गर्यो। पहिलो, कोइराला परिवारको वंश परम्परा । दोस्रो, बिपीको चिन्तनधारा । तेस्रो, राजनीतिक इतिहास । चौथो, नयाँ पुस्ताको सिर्जनशीलता। कांग्रेस इतिहासमा कोइराला परिवारको आफ्नै योगदान छ।
नेकपा स्थायी समितिको आइतबार साँझ बस्ने भनिएको बैठक पुस ११ गते सम्म स्थगित भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक सरेको बताइएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल धनुषाले पार्टीका जिल्ला स्तरीय एक नेतालाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अध्यक्षमण्डललाई सिफारिस गरेको छ। राजपा धनुषाको शनिबार बसेको बैठकले जिल्ला स्तरीय नेता संजय चौधरीलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय अध्यक्षमण्डललाई सिफारिस गर्ने निर्णय गरेको हो।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन पुगेको छ। स्वतन्त्र युवाहरुले आइतबार बानेश्वरमा निर्मलाको हत्या भएको १५० औं दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै 'दण्डहिनताको १५० औं दिन' लेखिएका पोस्टर बोकेर प्रदर्शन गरेका हुन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई फेसबुकमा कमेन्ट लेखेको आरोपमा नेपाली कांग्रेस चितवनका महासमिति सदस्य सुबोध प्रधानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रचण्डले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यबारे बहस भइरहेको भन्दै आपत्ति जनाएका थिए।
प्रदेश १ को मन्त्रिपरिषद्ले गत असोज २ गते आवश्यक कर्मचारी मागेर संघीय सरकारलाई पत्र पठायो। प्रदेश सरकारले ४ हजार ३ तीन सय ३४ कर्मचारी माग गरेको थियो। तर संघीय सरकारबाट आवश्यक कर्मचारी अझै पठाइएको छैन। आवश्यक कर्मचारी नहुँदा सरकारको बजेट कार्यान्वयनमा समस्या भएको छ।
स्थानीय तहका कर्मचारीहरुले कार्यालयका कामकाज ठप्प पारेका छन्। सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेपछि आइतबारदेखि मुलुकभरका ७५३ स्थानीय तहमा कामकाज ठप्प भएको हो।
जनकपुर चुरोट कारखानामा कार्यरत रामविलास यादवको हत्या भएको १२ वर्षभन्दा बढी भइसक्यो। हत्या भएको यतिका समय बितिसकेपनि अपराधीहरु कानुनी दायरमा आउन सकेका छैनन्। बाबुको हत्यारालाई कारबाहीको दायरामा ल्याउन श्रीमती जिवछी देवी यादव र छोरा विजय यादवले थोरैपनि कसर बाँकी राखेनन्।
छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन्।
सरकारले भूष्ट र विवादित छवि भएका व्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै ४३ केन्द्रीय सदस्यले पार्टीको ध्यानाकर्षण गराएका छन्। नेकपाको जारी स्थायी कमिटी बैठकमा यो विषयलाई छलफलको एजेन्डाका रुपमा प्रस्तुत गर्न माग गर्दै विवादित र भ्रष्टछवि भएकाहरुको नियुक्ति तत्काल खारेज गर्न पनि माग गरेका छन्।
सिन्धुपाल्लोकको सेलाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ। भूकम्प बिहान पाँच बजेर ६ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्पको काठमाडौंलगायतका आसपासका जिल्लामा महसुस गरिएको छ।
बिमा समितिले सम्पत्ति बिमामा ६५ प्रतिशत शुल्क घटाउने भएको छ। बिमादर घटाउँदा बिमाको दायरा व्यापक वृद्धि हुने समितिको विश्वास छ। अनिवार्य जोखिम (अग्नि र भूकम्प) सहित सबै बिमायोग्य जोखिम लिँदासमेत कुल बिमा शुल्कमा औसत ६५ प्रतिशतका दरले बिमा शुल्क घटाइएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए।
फागुनको तेस्रो साता रिलिज हुने भनिएको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङद्वारा अभिनित फिल्म ‘लभ स्टेसन’ले चैत १को रिलिज मिति तय गरेको हो।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब लिगको दशौं चरणको खेलमा पनि अपराजित रहेको छ। लिगको दशौं खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै लगातार जित निकालेको हो। मनाङ लिगका सबै खेलमा जित निकाल्दै अपराजित रहेको एक्लो टोली हो।
शनिबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी-२० क्रिकेट वरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र परेका छन् । शर्ष सय भित्र पर्ने तीन नेपाली खेलाडीमा पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी रहेका छन्।
इन्डोनेसियामा शनिबार रातिको ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ। इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी ८५३ जना घाइते भएका र २८ जना वेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...