मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या २ सय २२ पुग्यो

इन्डोनेसिया सुनामी : मुत्यु हुनेको संख्या २ सय २२ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इन्डोनेसिया - इन्डोनेसियामा शनिबार रातिको ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ। 

इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी ८५३ जना घाइते भएका र २८ जना वेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो। 

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन्। ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो। 'दृश्यहरु आशु झर्ने खालका थिए,' स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने।

People shelter in a mosque in the Pandeglang region. Photo: 22 December 2018इन्डोनेसियाको जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्‍याएको छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङमा मानवीय र भौतिक क्षति पुगेको छ। ज्वालामुखी विष्फोटका कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन्।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडाले घटनाबारे दु:ख व्यक्त गर्दै उद्धारमा कुनै कमी हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।