सोमबार, साउन ११, २०८३

जनकपुरको दलित बस्तीमा सेनाले बनायो शौचालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-७ मा बस्ने महेन्द्र सदालाई शौचको लागि खुल्ला मैदानमा जानु पर्ने बाध्यता थियो। उपमहानगरमै बस्दै आएपनि सदा परिवार झैँ त्यस क्षेत्रका दलित समुदायका अन्य परिवार शौच गर्न खुल्ला मैदान नै प्रयोग गर्दै आएका थिए।

तर महेन्द्र जस्तै जनकपुरधाम-७ जिरोमाइल भन्दा पश्चिमस्थित मुसहरी टोलमा बस्ने दलितवस्तीका वासिन्दाहरुलाई शौचका लागि खुल्ला मैदानमा जानुपर्ने बाध्यता सकिएको छ।

नेपाली सेनाले दलितवस्तीका लागि शौचालय निर्माण गरिदिएपछि शौचको लागि खुल्ला मैदानमा जानुपर्ने उनीहरुको बाध्यता सकिएको हो। त्यहाँ बस्दै आएका करिब ५ सय दलित परिवारका लागि नेपाली सेनाले पहिलो चरणमा तीनवटा शौचालय र खानेपानीका लागि एउटा चापाकलको व्यवस्था गरिदिएको छ।

नेपाली सेनाले आफ्नै श्रम र पैसा खर्च गरेर गुठी संस्थानले उपलब्ध गराएको जग्गामा उनीहरुका लागि शौचालय निर्माण गरेको हो। २ लाख ३० हजारको लागतमा निर्माण गरिएको शौचालय आइतबार एक कार्यक्रमका बीच नेपाली सेनाले वडा अध्यक्ष जानकी रमण साहलाई हस्तान्तरण गरेको छ। नेपाली सेनाको महेन्द्रनगरस्थित गोरखनाथ गणका गणपति भोला पाण्डेले वडा अध्यक्षलाई शौचालय हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाले शौचालय र खानेपानीको बन्दोवस्त गरिदिएपछि त्यहाँ बस्ने दलित समुदायमा खुशी छाएको बताउँछन् महेन्द्र। ‘नेपाली सेनाले हामीलाई ठुलो उपहार दिएको छ,’ महेन्द्रले भने,‘शौचका लागि खुल्ला मैदान प्रयोग गर्ने बाध्यता सकिएको छ।’

‘वर्षात होस वा शीतलहर हामी सबैलाई शौचका लागि खुल्ला मैदान प्रयोग गर्नु पर्ने बाध्यता थियो,’ गोनु सदाले भने,‘पुरुषभन्दा पनि महिला र बालबालिकाले धेरै समस्या भोग्नु परेको थियो । तर नेपाली सेनाका कारण अब समस्या रहेन।’

पहिलो चरणमा तीनवटा शौचालय निर्माण गरिएको र निकट भविष्यमै दलित वस्तीका लागि थप शौचालय निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष साहले बताए । यसका साथै दलित वस्तीका लागि एक धर्मशालाको समेत निर्माण गर्न लागिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।