सोमबार, साउन ११, २०८३

'कम्युनिस्ट निरंकुशताविरुद्ध लड्न तयार रहनुस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकको समापनमा शीर्ष नेताहरुले कम्युनिस्ट सरकारको निरंकुशताविरुद्ध लड्नका लागि तयार रहन आग्रह गरेका छन्। 

मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार समापन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको उल्लेख गर्दै यसविरुद्धको आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन्। उनले भने, 'वर्तमान सरकार जनअपेक्षा विपरित निरंकुश ढंगले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्‍न सम्पूर्ण कांग्रेसीहरु तयार रहन आवश्‍यक छ।'

सभापति देउवाले महासमिति बैठकले सबैलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलको बताए। उनले आगामी महाधिवेशनमा सबै केन्द्रीय सदस्यहरुले बुथबाटै जितेर आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने, 'महासमिति बैठकले सबै कांग्रेसीहरुमा एकताको सन्देश प्रवाह गरेको छ। अब मुलुकलाई साम्यवादतर्फ जानबाट रोक्न कांग्रेसीहरु तयार रहनुपर्दछ।' 

त्यसैगरी समापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले विगतका तुषहरु मेटाउन सेतुको काम गरेको बताएका छन्। उनले विगतका गल्तिहरुबाट पाठ सिक्दै कांग्रेसले क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्। 

उनले भने, 'पुस १६ गते हुने एकता दिवसदेखि नै सदस्यता वितरण गर्नुपर्दछ। पास भएको विधान बमोजिम पार्टीको संरचनालाई पूर्णता दिनुपर्दछ।' नेता पौडेलले अहिलेदेखि नै देशभर संगठन विस्तार गर्ने र गाउँगाउँमा कार्यकर्ता परिचालन गरी कांग्रेसलाई सक्रिय बनाउनुपर्ने बताए।

कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीले ढिलै भएपनि विधान पास गरेकोमा खुशी व्यक्त गरिन्। उनले कांग्रेसको सिद्धान्त र बीपीको मार्ग अनुसार अघि बढे आगामी चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरिन्। 

उनले नेताहरुको योगदानलाई सम्मान गर्नुपर्ने बताइन्। उनले भनिन्, 'तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कम्युनिस्टलाई संसदीय व्यवस्थामा ल्याएको, तत्कालिन पार्टी सभापति सुशिल कोइरालाले संविधानसभाको चुनाव गराई संविधान जारी गर्न सफल भएको र सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको मार्ग प्रशस्त गर्न तीनै तहको निर्वाचन गराउन सफल हुनुभएको छ। उहाँहरुको योगदानको कदर गर्दै विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। 

यस महासमितिले पार्टीलाई एकताबद्ध गरी नयाँ उर्जा थपेको नेतृ कोइरालाले बताइन्।  

पार्टी मुख्यालयमा समापन भएको महासमिति बैठकले महामन्त्री शशांक कोइरालाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री रामशरण महतद्वारा प्रस्तुत विशेष आर्थिक प्रस्ताव पारित गरेको छ। 

कांग्रेसले बैठकको अन्तिम दिन पार्टीको विधान पारित गर्दै महासमिति बैठक समापन गरेको हो। विधान मस्यौदामा विवाद हुँदा पुस ४ मा सक्ने भनिएको महासमिति बैठक लम्बिएको थियो।

थप पढ्‍नुस्, 

'कांग्रेसको विधान पछ्याउन कम्युनिस्टहरू बाध्य हुनेछन्'

कांग्रेस विधानको प्रस्तावनामा थपियो सुवर्णको नाम

कांग्रेस महासमिति बैठक लम्बियो

कांग्रेसमा अब १५ पदाधिकारी, सबै निर्वाचित हुनुपर्ने 

कस्तो कांग्रेस चाहेको छ मुलुकले?

बूढो कांग्रेस र युवा सपना 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।