काठमाडौं- पार्टी मुख्यालय सानेपामा महासमिति बैठकको समापन सुरु भएको छ।
समापन समारोहमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ।
महासमिति बैठकले महामन्त्री शशांक कोइरालाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री रामशरण महतद्वारा प्रस्तुत विशेष आर्थिक प्रस्ताव पारित गरेको छ।
मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठक विधान मस्यौदामा विवाद हुँदा लम्बिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४