सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई 'कमेन्ट' गर्ने कांग्रेस महासमिति सदस्य पक्राउ

प्रचण्डलाई 'कमेन्ट' गर्ने कांग्रेस महासमिति सदस्य पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई फेसबुकमा कमेन्ट लेखेको आरोपमा नेपाली कांग्रेस चितवनका महासमिति सदस्य सुबोध प्रधानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

प्रचण्डले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यबारे बहस भइरहेको भन्दै आपत्ति जनाएका थिए।  

उनले भनेका थिए, ‘सुशील कोइरालालाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समोवशीतासहित संविधान निर्माणको पिता भनेर कांग्रेसले शायद केन्द्रीय समितिबाटै निर्णय गरेको छ। पिता त अब स्वर्गमा हुनुहुन्छ, त्यो पितालाई स्वर्गबाट झार्न खोजेको हो र?’

प्रचण्डको सोही भनाइको समाचारमा कमेन्ट गरेको आधारमा प्रधान पक्राउ परेको जानकारी कांग्रेस नेता गगन थापाले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका प्रधानलाई तत्काल मुक्त गर्न माग गर्दैछौं। अन्यथा यसबारे महासमिति बैठकमा कुरा उठाउँछौँ।’

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।