सोमबार, पुस ७, २०८२

अस्पतालको झ्यालबाट खसेर क्यान्सर बिरामीको मृत्यु

 |  बिहीबार, साउन ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३, २०८१

National life
Laxmi sunrise bank
kumari

चितवन- कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ। नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला भर्ना भएको जनाइएको छ। आज बिहान १०:४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका खाम्चा मगर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते खाम्चा मगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Jul 18, 2024| 14:21 बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्