शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फागुन ४ बाट ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ हुने

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलपरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त अवार्ड आयोजना गर्न लागेको जानकारी दिएको हो।

संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फागुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को संरक्षकमा रहेर केन्द्रीय समितिले सक्दोसाथ दिने विश्वास दिलाए। 

‘राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनपछि हामीले देशभरि नै संगीतको क्षेत्रमा नयाँ आयामसहितको मुभमेन्ट लिएर अघि बढ्ने संकल्प गरेका छौं’, उनले भने, ‘केन्द्र शाखाहरुको संरक्षक भएको नाताले सहकर्मी भएर साथ दिन तयार छ, केन्द्रले गर्न नसकेको कार्य पश्चिम नवलपरासीको बर्दघाटमा जिल्ला कार्यसमिति नवलपरासीले गर्दैछ, यो कार्यका लागि अध्यक्ष राधा तिवारीलाई धन्यवाद र बधाई छ।’ 

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीकी अध्यक्ष भानुमती तिवारी (राधा) ले ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ निष्पक्ष र बिबादरहित हुने बताएकी छन्। 

‘आउँदो फागुन ४ गते नवलपरासीको वर्दघाटमा यो अवार्डको आयोजना गरेका छौं, यस कार्यमा सबैलाई आफ्नो स्थानबाट साथ दिन आग्रह गर्दछु’, उनले भनिन्, ‘अवार्डहरुमा सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट आधुनिक गीत, चलचित्र गीत, बाद्यबादक, सर्वोत्कृष्ट रचनाकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट गजललगायत ४० विधामा अवार्ड वितरण गरिनेछ।’ 

अध्यक्ष तिवारीले मंसिर १५ गतेदेखि सुरु भएको अवार्ड फर्म वितरण माघ १५ गतेसम्म खुल्ला रहने जानकारी दिइन्। एउटा विधाको पाँच सय, एल्बमको दर्ता दुई हजार शुल्क तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्