बिहीबार, वैशाख ३, २०८३

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७  पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।

National life

स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको  मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए। दुर्घटनामा हताहतिको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुर्‍याएको छ।

त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ।

भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ  भने हजारौँलाई घरबार विहीन  बनाएको छ।   -सिन्ह्वा

kumari

प्रकाशित: Jul 16, 2024| 19:01 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्