सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको प्रवक्तामा गुरुङ, मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राखिने

सरकारको प्रवक्तामा गुरुङ, मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राखिने

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- सरकारले मन्त्रिपरिषद‍्‍का निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यास फेरि सुरु गर्ने भएको छ। नवनियुक्त सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यो जानकारी दिएका हुन्।

National life

‘मन्त्रिपरिषद्को निर्णय परिपक्व हुन २४ घण्टा लाग्छ। २४ घण्टासम्म निर्णयहरु गोप्य राख्नुपर्ने प्रावधान उल्लंघन भइरहेको रहेछ। तर, अबदेखि हामी २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्छौं,’ सोमबार बसेको मन्त्रिपरिषद्‍को पहिलो बैठकपछि उनले भने।

बैठकको भोलिपल्ट मन्त्री गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने बताएका छन्। सार्वजनिक महत्वका र अत्यावश्यक निर्णय तत्काल जानकारी गराउनुपर्नेमा छलफल गरेर जानकारी गराउने उनले बताए।

आजको मन्त्रिपरिषद् बैठकले गुरुङलाई सरकारको प्रवक्ता तोकेको हो।

प्रकाशित: Jul 15, 2024| 19:37 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्