आइतबार, भदौ २३, २०८१

nespernesper

प्राइम सेरामिक्सको पहिलो वर्ष पूरा

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- नेपालको सबैभन्दा ठूलो तथा एकमात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्सको एक वर्ष पूरा गरेको छ ।

triton college

गत वर्ष २ अर्बको लगानीमा  रौतहटको फ्याक्ट्रीबाट साक्मी इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरुको उत्पादन सुरु गरेको थियो । एक वर्षको अवधिमा कम्पनी कोब्रान्ड ‘प्राइम–टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताहरुको मन जित्दै २ करोड स्क्वायर फिटभन्दा बढी टाइलहरु बिक्रीगर्न सफल भएको जनाएको छ ।

यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरु, ३५० भन्दा बढी डिजाइनहरू, १२० डिलरहरुको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरु, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्रान्ड रहेको छ । ३ सय ५० कर्मचारीहरूको टिमको साथ, सम्पूर्ण निर्माण प्रक्रियाहरु अत्याधुनिक, अल्ट्रा–आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पर्दाथ सहित स्पेनिश गलेज मसीको प्रयोगगरी,कम्पनीले नेपाली ग्राहकहरूको चाहना अनुरुपको रोजाई तथा प्राथमिकताका टाइलहरु उत्पादन गरेको छ ।

कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे । जसमा मिथिला आर्ट, थांका-पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोन लगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा  प्रयोग गरिएको छ ।कम्पनीका अनुसार प्राइम टाईल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्राण्ड भएकोमा निकै सन्तुष्टि महसुस गरेको छ ।

कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ । नेपालको सबैभन्दा प्रशंसनीय र सबैभन्दा ठूलो टाइल उत्पादकको रूपमा आफ्नो स्थानलाई बलियो बनाउदै अझै गुणस्तरीय र नयाँ डिजाइनका टाइलहरुलाई ग्राहकका सामु प्रस्तुत गर्न प्रतिबद्ध रहेको छ ।

Metro Mart
vianet

 

प्रकाशित: Jul 15, 2024| 16:19 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्