सिरहा-सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान कुकर बम बरामद भएको हो ।
टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिण कुकर बम फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिएपनि घाँसभित्र राखिएकोले यकिन हुन सकेको छैन् ।
सिरहाको चोहर्वास्थित नेपाली सेनाका श्री नयाँ गोरख गणबाट पुगेका बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थललाई घेरा हालेर छानबिनमा जुटेको छ ।
यता बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’ लेखिएको पर्चा भेटिएको छ । पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलन पहिलो दशक पुरा गरी दोस्रो दशकमा पुरा गरेको र संघर्षलाई आगामी दिनमा समेत निरन्तरता दिइने उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४