सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिगम्बर झाको नियुक्ती बदर गर्न माग गर्दै नेकपाका ४३ नेताको ज्ञापनपत्र

दिगम्बर झाको नियुक्ती बदर गर्न माग गर्दै नेकपाका ४३ नेताको ज्ञापनपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–सरकारले भूष्ट र विवादित छवि भएका व्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै ४३ केन्द्रीय सदस्यले पार्टीको ध्यानाकर्षण गराएका छन् । 

नेकपाको जारी स्थायी कमिटी बैठकमा यो विषयलाई छलफलको एजेन्डाका रुपमा प्रस्तुत गर्न माग गर्दै विवादित र भ्रष्टछवि भएकाहरुको नियुक्ति तत्काल खारेज गर्न पनि माग गरेका छन् । 

उनीहरुले भ्रष्टाचार अन्त्य गर्छु भन्ने पार्टी र सरकारको नारा विपरीत राजनीतिक नियुक्ति भएको भन्दै यसले आम नेता तथा कार्यकता र जनतामा राम्रो सन्देश नजाने बताएका छन् । नेकपा नेतृत्वको सरकारमाथि कार्यकर्ता तथा जनताले धेरै अपेक्षा गरेकाले यस्ता कदमले सरकार र पार्टीको लोकप्रियता नै गुम्ने खतरा भएकाले नेतृत्व सचेत हुनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । 


बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै शनिबार ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् । 

यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए । त्यही टोलीमा अरु सदस्य थपिएर अहिले ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय सदस्यहरुले दिएको ज्ञापनपत्रमा भनिएको छ, ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं ।’ उनीहरुले ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन् ।

हेर्नुहोस ४३ केन्द्रीय सदस्यले नेतृत्वलाई बुझाएको पत्र

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।