सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर बिहानै भूकम्पको धक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–सिन्धुपाल्लोकको सेलाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्प बिहान पाँच बजेर ६ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो भूकम्पको काठमाडौंलगायतका आसपासका जिल्लामा महसुस गरिएको छ । बिहानै गएको भूकम्पले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प पनि २०७२ साल वैशाखमा गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको परकम्प हो । 

भुकम्प मापन केन्द्रका भूकम्पविद चिन्तन तिम्सिनाका अनुसार ७२ सालको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । यो क्रम केही पातलिएको तिम्सिनाले बताए । विस्तारै र लामा समयको फरकमा गएको यो परकम्पलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।